Physical Address
Malaya Road, Biratnagar
Email Address
aspire.ku.brt@gmail.com
Phone Number
021-435170
9842038555
Welcome
Aspire College is a leading and premier educational institution in Biratnagar, Nepal and an extension program of Kathmandu University.
Welcome
Aspire College is a leading and premier educational institution in Biratnagar, Nepal and an extension program of Kathmandu University.
Our courses are offered in partnership with Kathmandu University!
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ ।मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अङ्गीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताउनुभयो ।
शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उहाँले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेज सफल हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयका शिक्षा सङ्कायका डिन प्राडा बालचन्द्र लुइँटेलले गुणस्तरीय अध्यापनमा कमी हुन नदिने भन्दै विद्यालयले दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको दाबी गर्नुभयो ।
रजिष्ट्रार प्राडा अच्युत वाग्लेले विश्वविद्याल न्यून शुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कलेजका अध्यक्ष विकास अधिकारीले प्रदेशमा रोजगारमूलक शिक्षाको पहुँच र प्राविधिक पु¥याउन कलेजको लक्ष्य रहेको जानकारी दिनुभयो ।
विराटनगर स्थित एस्पायर कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ ।सोमबार एक कार्यक्रम आयोजना गरी कलेजले स्नातकतर्फ बिपिएच र बि.टेक.एड.आईटीमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए । कार्यक्रममा बोल्दै उनले विभेदकारी शिक्षा नीतिको सम्मान गर्दै पठनपाठन अघि बढाउन आग्रह गरे । योग्य र जेहन्दार विद्यार्थी महङ्गो शिक्षाबाट बञ्चित हुुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।सोही अवसरमा बोल्दै काठमाडौंं विश्व विद्यालयका डिन डा. बालचन्द्र लुईँटेलले देशमा प्राविधिक जनशक्तिको अभाव रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘अहिले प्राविधिक जनशक्तिको अभाव छ । खोजेर पनि भेटिदैन् । त्यसैले हामीले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता छ ।
विराटनगर : विराटनगरस्थित एस्पायर कलेजले विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ ।कलेजले एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण दिएको हो । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए ।काठमाण्डौँ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौतापछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू संचालनमा रहेको छ ।बीपिएचमा भर्ना भएका २३ र बी टिएच बिएड आइटीमा भर्ना भएका ३० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागि रहेको कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू असोज अन्तिम साताबाट सुरू भएको हो ।एस्पायर कलेजले संचालन गरेको कार्यक्रमहरु अध्ययनसँगसंगै इन्टरससिप पनि हुने भएको छ ।
विराटनगर / कोशी टप्पु वन्य जन्तु आरक्षण छेउमा रहेको सप्तकोशी होमस्टेका सञ्चालकहरुलाई विराटनगर १४ स्थित एस्पायर कलेजमा बिपिएच (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन्।
होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम वातावरण कसरी बनाउने ? होम स्टेमा आइ सके पछि पाहुना खुशी भएर फेरि फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन्। १२ वटा होम स्टे सॅंञ्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकाशपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने विद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा , समीर लावती र लिया खवास रहेका थिए ।
विराटनगर। कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विरानगर-१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. ( ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन्।होम स्टे कस्तो हुनुपर्छ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइ सके पछि पाहुना खुसी भएर फेरि फेरि पनि आउने बाताबरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन्। १२ बटा होम स्टे सॅंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने बिद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा , समीर लावती र लिया खवास रहेका थिए ।
विराटनगर : विराटनगर १४ मा रहेको एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ ।
यसै वर्षदेखि काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रूपमा सञ्चालित एस्पायर कलेजमा शुक्रबार (आज) विद्यार्थीहरूमाझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ४४ जना विद्यार्थीहरू सहभागी थिए । स्थापनाको पहिलो वर्षमा नै विश्वविद्यालयले प्रदान गरेको कोटाअनुसार विद्यार्थी भर्ना गरेर कक्षा शुरु भएको एस्पायर कलेजमा बि.टेक.एड.आईटी र होटल मेनेजमेण्ट सम्बन्धि बी.पी.एच. कार्यक्रमहरू सञ्चालनमा छन् ।
विश्व बजारमा मिल्ने कोर्ष भएको हुँदा विद्यार्थीहरूमा काठमाण्डौँ विश्वविद्यालयप्रति आकर्षण बढ्दै गएको र एस्पायर कलेजमा विद्यार्थीको शिक्षण सिकाइका निमित्त सम्पूर्ण पूर्वाधारको व्यवस्था भएकाले आगामी दिनमा विश्वविद्यालयका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् । B.Tech. Ed (IT) कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुले काठमाडौ विश्व बिधालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् ।यस कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बिद्यार्थीहरुले उक्त सस्थाले आयोजना गर्ने विभिन्न आइ टि सम्बन्धि सेमिनार बुट क्याम्प तथा अभिमुखिकरणमा सहभागिता जनाउने छन् । यहि असोज ३०, ३१ र कार्तिक १ गते धुलिखेलमा हुने छात्रवृत्तिसँगै प्रोजेक्टले आयोजना गर्ने तालिम र अभिमुखीकरणमा समेत सहभागी हुनेछन् । अभिमुखिकरणमा सहभागी हुन बिद्यार्थीहरु त्यस तर्फ जान लागेको कलेज प्रशासनले जानकारी दिएको छ ।विभिन्न समयमा यस प्रकारका अवसरहरु आइरहने र यसका लागि बिश्व बिधालय र कलेजले निरन्तर काम गर्ने योजना रहेको क्याम्पसका अध्यक्ष बिकास अधिकारीले बताए ।